कम्युनिष्टका सबैभन्दा विरोधी कम्युनिष्ट बर्को ओढेर बाटोमा बस्नेहरु हुन् : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

कम्युनिष्टका सबैभन्दा विरोधी कम्युनिष्ट बर्को ओढेर बाटोमा बस्नेहरु हुन् : प्रम ओली

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबेला कम्युनिष्टको सबै भन्दा विरोधी कम्युनिष्टको बर्को ओढेर बाटामा बस्नेहरु भएको बताउनुभएको छ। अखिल नेपाल किसान महासंघले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो‘ कम्युनिष्टका सबै भन्दा विरोधी कम्युनिष्टकोे बर्को ओढेर बाटामा बस्नेहरु हुन् ’। उहाँले उनीहरु कम्युनिष्टको खोल ओढेर कम्युनिष्ट सक्ने खेलमा लागेको बताउनुभयो।

प्रधानमन्त्रीले विगतमा पनि कम्युनिष्टहरु हृदय नभएको दया माय नभएको सन्देश दिनेगरी उनीहरुले उपद्रो मच्याएको आरोप लगाउनुभयो। बिहीबारको दाहाल– नेपाल पक्षले आयोजना गरेको हड्ताल प्रति लक्षित गर्दै आफु गाडी चढेर अरुलाई दुख दिएको बताउनुभयो।

‘ एउटा गाडी चढेर तमासा हेर्न जाने अर्को गाडी भन्दा स्कुटी सानो होला भनेर तमासा हेर्न जाने’ प्रधानमन्त्रीले भन्नुभयो । बिहीबारको बन्द प्रति लक्षित गर्दै भन्नुभयो‘ कार्यकर्ता जति यता छन् उता त छातीमा यहाँ छौ भनेर साईनबोर्ड लेखेर टास्नेहरु मात्र छन्, कार्यकर्ता पनि तिनै हुन पार्टी पनि त्यही हो’। प्रधानमन्त्री ओलीले कार्यकर्ता सकिएकोले प्रचण्ड र माधव नेपाल बन्दमा आफै उभिएर गडी रोक्न बाटोमा बसेको बताउनुभयो।

प्रधानमन्त्रीले सिडयो ,डिएसी र आदालतलाई धम्काउन थालिएको र कानून र संविधान मान्दिन भनेर प्रचण्डले धम्काएको आरोप लागउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो‘प्रचण्ड जी कानून र संविधान मान्दिन भन्ने तपाईका दिन हिजो थिए, आज कानूनको पालाना गर्नुस’।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);