नेपाल–खनाल पक्षको भेलामा सहभागी नहुन प्रधानमन्त्री ओलीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेपाल–खनाल पक्षको भेलामा सहभागी नहुन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार र बिहीबार आयोजना भएको नेपाल खनाल पक्षका भेलामा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजना गरिएको चियापानमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘भोलि भेला आयोजना गरिएको छ भन्ने सुनेको छु, त्यस्तो भेलामा कोही नेता कार्यकर्तालाई नजान सजग र सचेत गराँउछु’ प्रधामनन्त्रीले भने। मंगलबारको चियापानमा नेपाल खनालको बहिष्कार प्रति लक्षित गर्दै प्रधामनन्त्रीले भने‘आजको चियापानमा एकाथरी अनुहार देखिन, हिजो बैठक बसेर नै सहभागी नहुने भन्ने निर्णय गरेको रे, अव प्रधानमन्त्रीले बोलाएको चियापानमा नआएर कसले बोलाएकोमा जानु हुन्छ’ ? प्रधानमन्त्रीको प्रश्न थियो।

प्रधानमन्त्रीले यसरी नआउनु राम्रो लक्षण नभएको बताए। प्रधानमन्त्री ओलीले विधि विधान विपरित बाटा–बाटैबाट आफूलाई हटाएकोमा आश्चर्य प्रकट गरे। ‘ म कति विचरा भएको छु , साधारण सदस्यताबाट चार चारपटक निकालिएको छु, तपाईहरु त कमसेक साधारण सदस्य हुनुहुन्छ’ ओलीको कटाक्ष थियो । प्रधामनन्त्री ओलीले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुने सिलसिला सुरु भएको दावी गरे ।

आफैले मुद्धा मामला गरेर पुनस्र्थापना गरेको प्रतिनिधिसभा चल्न नदिएर तमासा देखाएको प्रधामनन्त्रीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);