यही अवस्थामा प्रधानमन्त्रीलाई साथ दिन सक्दिन : नेता गौतम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

यही अवस्थामा प्रधानमन्त्रीलाई साथ दिन सक्दिन : नेता गौतम

काठमाडौं, ३ चैत । नेकपा एमालेका नेता बामदेव गौतमले अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुले साथ दिन नसकिने बताएका छन् ।

गौतम नेतृत्वको पार्टी एकता अभियानले मंगलबार उपत्यकामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गौतमले अहिले यही स्थिति रहने हो भने प्रधानमन्त्री ओलीलाई साथ दिन नसकिने बताएका हुन् । कार्यक्रममा बोल्दै नेता गौतमले सोमबार प्रधानमन्त्री ओलीसँग भेट गरेको बताउँदै प्रधानमन्त्रीलाई आफूले एकातातिर लाग्नु पर्ने बताएको जानकारी गराए ।

प्रधानमन्त्रीले आफूलाई साथ दिन आग्रह गरेको बताउँदै उनले माधव नेपाल र झलनाथ खनाल पक्षसँग मिलेर जाने भए आफूले साथ दिने बताएको पनि जानकारी दिए ।

प्रधानमन्त्रीले गएका महिनाहरुमा पार्टीको नाममा कार्यकर्ताहरुको मनोबल खलबलाउने गरी बोल्दै हिँडेको र आगामी दिनमा त्यसतो गतिविधि बन्द भएमात्र आफूले साथ दिन सकिने बताएको नेता गौतमको भनाई छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);