मानन्धरको राजीनामा, वामदेव काठमाडौं ७ बाट चुनाव लड्ने निश्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

मानन्धरको राजीनामा, वामदेव काठमाडौं ७ बाट चुनाव लड्ने निश्चित

काठमाडौं, २३ असोज । नेकपाको तर्फबाट प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ७ बाट निर्वाचित सदस्य रामवीर मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । कसैको दबाब र करकापमा नपरी आफ्नै स्वविवेकले राजीनामा दिन लागेको उनले बताए ।

पार्टीका नेता वामदेव गौतमलाई सांसद बनाउन मानन्धरले सांसद पदबाट राजीनामा दिने घोषणा गरेकाे बताएका छन् । बुधबार बस्ने नेकपाको सचिवालय बैठकले निर्णय गरेलगत्तै आफूले सांसद पदबाट राजीनामा दिने उनले बताए ।

संवाद चौतारीले काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले राजीनामा दिने घोषणा गरेका हुन् । उनले पदबाट राजीनामा दिएसँगै उक्त क्षेत्रमा नेकपाका वरिष्ठ नेता वामदेव गौतम उम्मेदवार हुने छन् । निर्वाचन आयोगले काठमाडौं क्षेत्र न ७ मा उपनिर्वाचन गराउने छ ।

सांसद मानन्धरले विकास निर्माणको कामलाई नेता गौतमले सहज ढंगले अघि बढाउने भएकाले पनि आफूले पदबाट राजीनामा दिने तयारी गरेको जानकारी गराए । नेता गौतम काठमाडौं क्षेत्र नम्बर ७ बाट सांसद बने जनताको सम्मान हुने उनको तर्क थियो । सांसद मानन्धरले नेता गौतमले आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव जित्ने दावी गरेका छन् ।

जनताको माझमा गएर पार्टीले काम गरेकाले सो क्षेत्रमा निर्वाचन जित्न कठिनाई नहुने उनको दावी थियो । सांसद मानन्धरले देशको विकासका लागि पार्टीको निर्णय अनुसार आफूले विना सर्त पदबाट राजीनामा दिन लागेको उनले बताए।

सोमबार बसेको नेकपाको सचिवालय बैठकले नेता वामदेव गौतमलाई काठमाडौँको क्षेत्र नम्बर ७ मा उपनिर्वाचन गराइ सांसद बनाउने सम्बन्धमा छलफल गरेको थियो । गौतम प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट काँग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);