पुन:निर्माण गरी विद्यालय हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

पुन:निर्माण गरी विद्यालय हस्तान्तरण

School-Building

काठमाडौं, २३ असोज । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको कालिमाटीस्थित जनप्रभात माध्यामिक विद्यालय भवन पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

मंगलबार एक कार्यक्रमकाबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन र काठमाडौं जिल्ला कार्यान्वयन शिक्षा इकाईले एक कार्यक्रमकाबीच सो विद्यालयको पुनर्निर्माण गरिएको भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

६४ लाख ८६ हजारमा निर्माण गरिएको सो चारकोठे भवनले विद्यालयको पठनपाठन सहज हुने काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले विश्वास व्यक्त गरे । उनले निजी विद्यालयसँग प्रतिस्पर्धा गरेर अघि बढ्न पनि महानगरपालिका भित्रका सामूदायिक विद्यालयहरुलाई आग्रह गरे ।

विक्रम संवत २००८ सालमा स्थापना गरिएको सो विद्यालय भवन २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पु-याएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);