बाबु र हजुरबुबाको स्मृतिमा सत्सङ भवन निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बाबु र हजुरबुबाको स्मृतिमा सत्सङ भवन निर्माण

उदयपुर । हंशअम्बर दाहाल (खत्री) परिवारले त्रियुगा नगरपालिका–१२ त्रियुगा नदी किरानामा रहेको त्रियुगा पुलमुनिको त्रियुगा शान्ति धाममा एक करोड २० लाख बराबरको बौद्धिक गुरुकुलम विद्यालय भवन निर्माण गरि हस्तान्तरण गरेको छ । दाहाल खत्री परिवारले हजुर बुबा स्व. हंशबहादुर दाहाल खत्री र बाबु अम्बरबहादुर दाहाल खत्रीको स्मृतिमा शान्ति धाम परिसरमा रहेको वौद्धिक गुरुकुलम विद्यालय भवन निर्माण तथा सालिक अनावरण गरी विधिवत रुपमा हस्तान्तरण गरेको हो ।

हजुरबुबा हंशबहादुर दाहल खत्रीको १७ वैशाख ०७२ मा र बुबा अम्बरबहादुर दाहाल खत्रीको १४ कात्तिक ०७७ मा निधन भएको थियो । हजुरबुवा र बुबको स्मृतिमा परिवारले भवन निर्माण गरेका हुन् ।

नवनिर्मित भवनको जगतगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्यले उद्घाटन गरी शान्ति धाम समितिलाई हस्तान्तरण गरेका हुन् । उक्त भवन गुरुकुलममा अध्यायनरत बिद्यार्थीले प्रयोग गर्नेछन् । सोही स्मृतिको अवसरमा छोरा तथा नातिहरूले भवन हस्तान्तरण तथा सालिक अनावरण गरेको परिवारका कान्छा छोरा राकेश खत्रीले जानकारी दिए । सात दिने पुराणसहित स्व. बुबा र हजुरबुवाको आत्माशान्तिका लागि भवन दान तथा पुराण लगाएको खत्रीले बताए । खत्रीका अनुसार त्रियुगा नगरपालिका– १२ शान्तिधामस्थित दुई तले १६ कोठे सुविधासम्पन्न विद्यालय भवन निर्माण गरी सोही भवन अगाडि बुबा र हजुरबुबाको शालिक निर्माण एवं अनावरण गरिएको छ । विद्यालय भवनको नाम त्रियुगा हंश वौद्धिक गुरुकुलम राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);