लमजुङका नेवार समुदायद्वारा नेपाल संवत् ११४२ को स्वागत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

लमजुङका नेवार समुदायद्वारा नेपाल संवत् ११४२ को स्वागत

लमजुङ । लमजुङका नेवार समुदायले नेपाल संवत् अर्थात नयाँ वर्ष ११४२ को भव्य स्वागत गरेका छन् । बेंसीसहर बजारमा बसोबास गर्दै आएका नेवार समुदायले मनाङे चौताराबाट फूलबारी मञ्चसम्म र्याली निकालेर नेपाल संवत् ११४२ को स्वागत गरेका हुन् । मौलिक पोशाकसहित मनाङे चौताराबाट बाजागाजासहित बेसीशहरका नेवार समुदाय फूलवारी मञ्चमा जम्मा भएका थिए ।

उनीहरूले फूलवारी मञ्चमै आपसमा ‘न्हूँ दँया’ नयाँ वर्षको अवसरमा भिन्तुना शुभकामना साटासाट गरेका हुन् । नेवार समुदायको संस्कार र संस्कृति जोगाउन यसले सहयोग पुग्ने नेवार समुदायका अगुवा रामकुमार श्रेष्ठ बताउँछन् । पहिले परिवारबीच मनाइने पर्व अहिले समुदायमा मनाउन थालेपछि यसको महत्व अझ बढेको उनको भनाइ छ । उनले भने, ‘यस्ता कार्यक्रमले भाषा, कला, भेषभूषा, संस्कार संस्कृति र इतिहाससहितको पहिचान लोप हुन पाउँदैन । फूलवारी मञ्चमा आयोजना गरिएको औपचारीक कार्यक्रममा नेवार समुदायले समयबजी खुवाएका थिए ।

नेवार समुदायको खाजाको परिकार समयबजीमा चिउरा, मासु, माछा, भट्टा, अण्डा, आलु, झिलिंगा, गुन्द्रुकलगायत पर्छ । सालको पातको टपरीमा समयबजी, गिलासमा ऐला (घरायसी मदिरा), दहीलगायतको परिकार खाएर शुभकामना आदानप्रदान गरिएको थियो । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेको खुशीयालीमा नेपाल संवतको स्वागत गरिएको उनीहरूले बताएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);