आज नेवार समुदायमा म्हः (आत्म) पूजा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

आज नेवार समुदायमा म्हः (आत्म) पूजा

काठमाडौं, १२ कात्तिक । आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन मंगलबार नेवार समुदायले आफ्नो आत्माको पूजा गरेर म्हः पूजा पर्व मनाउने गर्दछन् ।

यसवर्ष सोमबार र मंगलबार दुई दिन प्रतिपदा तिथि परेकोले एकथरी नेवार समुदायले सोमबार म्हः पूजा गरे भने अर्काथरीले भने मंगलबार गर्दैछन् ।

मंगलबार नयाँ वर्ष मनाएर आत्मपूजा गर्नेले बुधबार भाइटीका गर्ने तयारी गरेका छन् । यस अवसरमा बुधबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने शास्त्रीय परम्परा रहेको छ । आत्म सन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशिर्वाद दिने र जीवन सार्थक हुने धार्मिक विश्वास छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);