आज ज्यापु दिवस, उधौली पर्व र धान्य पूर्णिमा मनाइदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आज ज्यापु दिवस, उधौली पर्व र धान्य पूर्णिमा मनाइदै

काठमाडौं,१० पुस । आज मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा । सनातन समाजमा यो पर्व धान्य पूर्णिमाका रूपमा परिचित छ । यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ । नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता र पितृलाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ।

विशेषगरी पहाडी भेगमा ब्राह्मणक्षत्री समाजमा कुलदेवताको पूजा गरिन्छ। स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ । यो दिन कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाइन्छ । नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पिठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा छ ।

नेवार समुदायमा थिन्ला पुन्हि वा ‘योमरी पुन्हि’का रूपमा यो पर्वको महत्त्व छ। अघिल्लो दिनदेखि घर र शरीर शुद्ध गरी योमरी पकाउने चलन छ। लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ। धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ ।

किरात समुदायका कतिपय जातजातिमा आज प्रकृति, पितृ र कुलदेवताको पूजा गर्ने चलन छ । उधौली किरात समुदायको मुख्य चाड हो। लिम्बू जातिमा बाली भित्र्याएपछिको न्वागी खाने पर्वको रूपमा मंसिरे पूर्णिमा मनाइन्छ । लिम्बूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाले चासुवा र सुनुवारले फोलष्याँदर मनाउँछन् ।

गुरुङ समुदायले सिमेभूमेको पूजा गर्ने न्वागी खान्छन्। पूर्वका थारूहरूले नेमान गर्ने, आगनको ध्वजा फेर्ने र छोराको ‘वर्तमन’ गर्छन्। धानको च्युरा बनाएर सख्खर मिसाएर लड्डु बनाई देउतालाई चढाउने र नेमानमा पूजा गर्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);