जलका स्रोतमा पूजा गरी मनाइयो सिठी नख | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जलका स्रोतमा पूजा गरी मनाइयो सिठी नख

काठमाडौं । नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा र पूजा–आराधना गरी सिठी नख पर्व मनाएका छन् ।

हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पानीका स्रोतमा पूजा आराधना यो पर्व मनाउने गरिन्छ । यसबारेमा मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रूपमा पुज्ने गरिन्छ । सिठी पर्वका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका पानीका मुहानमा सरसफाइ गरिएको छ ।

यो पर्व विशेषगरी नेवार समुदायको बाहुल्य रहेका स्थानमा मनाउने गरिन्छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायले आज विशेष गरी यो पर्व मनाउने भक्तपुरको क्वाठन्डोका सूर्यबहादुर मुस्याख्वले बताउनु भयो । उहाँले नेवार समुदायले आज पानीका मुहानको सरसफाई गरेर यो पर्व मनाउने गरिएको बताउनु भयो ।

आजकै दिन कुमार षष्ठी पर्व पनि मनाइएको छ । देवताहरुका सेनापति कुमार कार्तिकेयको पूजा आरधना एवं व्रत गरी यो पर्व मनाउने परम्परा छ । सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रूपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उहाँको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो । षष्ठीबाट अपभ्रंश भइ कुमार कार्तिकेयलाई सिठी पनि भन्ने गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);