काठमाडौंका यी स्थानमा धुम्रपान नगर्नुहोस्, कारवाही परिएला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौंका यी स्थानमा धुम्रपान नगर्नुहोस्, कारवाही परिएला

cdo office

काठमाडौं, ११ जेठ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन नगर्न निर्देशन दिएको छ ।

आज एक सूचना प्रकाशित गर्दै प्रशासनले सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न नहुने कानूनी व्यवस्था रहेको उल्लेख गर्दै पार्क, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्रघर, रङ्गशाला, धार्मिकस्थल, प्रतिक्षालय लगायतका सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको हो ।

त्यसैगरी, प्रशासनले स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण नगर्न पनि निर्देशन दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);