काठमाडौं महानगर धुम्रपान र सूर्तिजन्य मुक्त सहर घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौं महानगर धुम्रपान र सूर्तिजन्य मुक्त सहर घोषणा

काठमाडौँ महानगरपालिका धुमपान तथा सूर्तिजन्य पदार्थमुक्त शहर भएको विद्यासुन्दर शाक्यको घोषणा, नियम नमान्नेलाई तुरुन्तै कारबाही गर्ने चेतावनी

काठमाडौं, ११ फागुन । काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सूर्तिजन्य पदार्थमुक्त सहर घोषणा गरिएको छ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरलाई ‘हेल्दी सिटी’को रुपमा विकास गर्न धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त सहर घोषणा गरिएको जानकारी दिए ।

महानगरको यो निर्णयबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न गएको असर न्यूनिकरणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सूर्तिजन्य पदार्थको आयात, उत्पादन, विक्रीवितरण तथा सेवन गर्ने कार्यलाई न्यूनिकरण, नियन्त्रण र नियमन गर्ने उद्देश्यले बुलुम्बर्ग फिलानट्रोपिजको सहयोगमा यो अभियान सुरु गरिएको हो ।

महानगर प्रमुख शाक्यले सूर्तिजन्य पदार्थ विक्रि वितरण तथा सेवनबारे सरकारको नियम नमान्नेमाथि तुरुन्तै कारबाही हुने चेतावनीसमेत दिएका छन् ।

नेपाल सरकारले धुमपान नियन्त्रण गर्दै लैजाने योजना अनुसार विक्रम सम्बत २०४९ सालदेखि नै सार्वजनिक रुपमा धुम्रपान गर्न निषेध गरेको छ । तर, कारबाहीको पाटो फितलो भएका कारण उक्त योजना कार्यान्वयन भने भएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);