सार्वजनिक स्थानमा धुम्रपान गर्न पूर्ण प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सार्वजनिक स्थानमा धुम्रपान गर्न पूर्ण प्रतिबन्ध

एजेन्सी । मेक्सिको सरकारले सार्वजनिक स्थानमा धुम्रपानमाथि पूर्ण प्रतिबन्ध लगाएको छ ।

योसँगै मेक्सिको सूर्तिजन्य पदार्थविरुद्धको कठोर कानून लागू हुने देश बन्नेको छ । सन् २०२१ मा पहिलो पटक स्वीकृत भएको यो कानूनमा सुर्तीजन्य पदार्थको विज्ञापनमाथि प्रतिबन्ध पनि समावेश छ । अन्य धेरै ल्याटिन अमेरिकी देशहरूले पनि सार्वजनिक स्थानमा धुम्रपान गर्नेमाथि कडाई गर्ने नीति लिएका छन् ।

मेक्सिकोको यो कानूनलाई उत्तरी अमेरिकामा सबैभन्दा बलियो र व्यापक मानिन्छ । यो संसारमा सबैभन्दा कडा धुम्रपानविरुद्धको कानूनमध्ये एक हो । मेक्सिकोको २००८ को विद्यमान कानूनले बार, रेस्टुरेन्ट र कार्यस्थलहरूलाई धुम्रपान–मुक्त स्थान घोषणा गरेको थियो ।

अब सबै सार्वजनिक स्थानहरूमा पनि यो प्रतिबन्ध विस्तार गरिएको छ । पार्क, होटल, कार्यलय, रेस्टुरेन्ट लगायत सबै स्थानमा यस्तो प्रतिबन्ध लाग्नेछ । सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन र प्रायोजनमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ । पसलभित्र पनि चुरोट देखाउन नपाइने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);