काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचेको पाइए पसल बन्द गर्ने महानगरको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचेको पाइए पसल बन्द गर्ने महानगरको चेतावनी

kathmandu_mahanagarpalika

काठमाडौं, २८ मंसिर । काठमाडौं महानगरपालिकाले बिहीवारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएको छ । काठमाडौं महानगरपालिकाले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तिजन्य पदार्थ कच्चा सुर्ति,खैनि,गुट्टका,सुर्तिहरु प्रतिबन्ध गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तिजन्य पदार्थ प्रतिवन्ध गरिएको बताउनु भयो । उहाँले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताउनु भयो । उहाँले पसलमा बेचेको पाइए दुई पटक सम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिनुभयो ।

उहाँले अनुगमनको लागि महानगरपालिकाले सादा पोशाकमा १० जनाको टोलीमा नगर प्रहरीलाई खटाउने बताउनु भयो । उहाँले पहिलो चरणमा अनुगमनको लागि ५० जना नगरप्रहरी परिचालन गरिने बताउनु उल्लेख गर्नुभयो । उहाँले महानगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धुम्रपान गर्न पनि प्रतिवन्ध लगाएको बताउनु भयो । उहाँले सार्वजनिक स्‍थलमा धुम्रपान गरेको पाइए एक सय रुपैयाँसम्म जरिवाना गरिने बताउनु भयो । उहाँले जनस्वास्थ्यमा परेको प्रतिकुल प्रभाव रोक्न,शहरी सौन्र्दयता कायम राख्न र भूमी तथा वातावरणीय असर न्युनिकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएको बताउनु भयो ।

 

काठमाडौं महानगरपालिकाले मंसिर २९ शुक्रवार महानगर दिवस बनाउने भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);