नेपालमा सूर्तीजन्य पदार्थ सेवनका कारण वर्षेनी १५ हजारको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपालमा सूर्तीजन्य पदार्थ सेवनका कारण वर्षेनी १५ हजारको मृत्यु

काठमाडौं, २८ पुष । विश्वमा प्रतिवर्ष ७० लाख भन्दा बढी मानिसको सुर्तीजन्य पदार्थ सेवनबाट मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ ।

बिहिवार राजधानिमा स्वस्थ्य मन्त्री दिपक बोहोराले सार्वजनिक गर्नुभएको सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी महासन्धि २०३० रणनितिक प्रतिवेदनमा नेपालमा ११ प्रतिशत अर्थात १५ हजार भन्दा बढी सुर्तीजन्य पदार्थ सेवनबाट मृत्यु हुने उल्लेख छ । कुल जनसङ्ख्यामा दैनिक पुरुष २२ प्रतिशत र महिला १० प्रतिशतले धुम्रपान गर्ने गरेको तथ्यांकमा उल्लेख छ ।

सुर्तीजन्य पदार्थ १५ वर्ष वा सो भन्दा माथि उमेर समुहका कुल जनसङ्ख्याको ३० दशमलव ८ प्रतिशतले सेवन गर्ने गरेका छन् । सुर्तिजन्य पदार्थ नियन्त्रण नभए सन् २०३० सम्ममा ८० लाख भन्दा बढी मानिसको मृत्यु हुने अनुमान छ । कार्यक्रममा सहभागिले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि चुरोट उत्पादनको खुद्रा मुल्य बढाउनु पर्नेमा जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);