सूर्तिजन्य पदार्थ सेवनविरुद्धको दिवस जनचेतनामूलुक कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

सूर्तिजन्य पदार्थ सेवनविरुद्धको दिवस जनचेतनामूलुक कार्यक्रम गरी मनाइयो

Dhumpan

फूलमाया आले
काठमाडौं, १७ जेठ
। हरेक वर्ष मे ३१ का दिन मनाइने सूर्तिजन्य पदार्थ सेवनविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलुक कार्यक्रम गरी मनाइयो । हरेक वर्ष नेपालमा सूर्तिजन्य पदार्थका कारण लाग्ने रोगको उपचार र नियन्त्रणका लागि राज्यको ३२ अर्ब खर्च हुनेगरेको स्वास्थ्य मन्त्रालयको तत्थयाङक छ । सूर्तिजन्य पदार्थ सेवनकै कारण नेपालमा बार्षिक २५ हजार भन्दाबढीको मृत्यु हुने गरेको छ ।

सूर्तिजन्य पदार्थ सेवनविरुद्धको दिवस नेपालमा पनि ’सूर्तीजन्य पदार्थले मुटुलाई क्षति पुर्‍याउँछ, स्वास्थ्य रोजौं सूर्तीजन्य पदार्थ होइन’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइयो । धुमपान र सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका सरकारले २०६८ बैसाखमा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा नियमावली बनाएर लागु गरेको छ । तर, जनचेतनाको कमी र किशोर किशोरीहरुमा मजाक र रमाइलोका निम्ति सुर्तिजन्य पदार्थको प्रयोग गर्ने क्रम बढेकाले नियन्त्रणमा लिन कठिन भएको सरोकारवाहरुको भनाइ छ ।

सरकारले सार्वजनिक स्थानमा धुमपान र सुर्तीजन्य पदार्थको प्रयोग गर्नेलाई एक सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । तर, अहिलेसम्म कसैलाई कार्बाही गरेको तथ्याङ्क स्वास्थ्य मन्त्रालयसँग छैन ।

सूर्तीजन्य पदार्थ सेवनकै कारण नेपालमा हरेक वर्ष २५ हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । नेपालमा सुर्तीजन्य वस्तुको विक्री गरेर वार्षिक १६ अर्ब आम्दानी हुने गरेको छ । तर, त्यही सुर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने रोगको उपचार र नियन्त्रणका लागि राज्यको वार्षिक ३२ अर्ब लगानी हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सूर्तीजन्य पदार्थको बिक्री–वितरण र नियन्त्रणका लागि सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, पेटी वा पार्सलमा ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देशयुक्त चित्र अंकित गर्नुपर्ने, १८ वर्षभन्दा कम उमेरका तथा गर्भवतीले खरिद गर्न नपाउने, २० खिल्लीभन्दा कमको प्याकेट बनाउन नपाउने र १ खिल्ली मात्र बिक्री गर्न नपाउने जस्ता कानुनी व्यवस्था छ । तर, व्यवहारमा भने यी व्यवस्था कार्यान्वयन भएको पाईंदैन । सूर्तिजन्य पदार्थ सेवनलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);