विश्व क्यान्सर दिवस आज विभिन्न कार्यक्रम गरी मनाइयो (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्व क्यान्सर दिवस आज विभिन्न कार्यक्रम गरी मनाइयो (फोटो फिचर)

प्रतिक्षा शर्मा
काठमाडौं, २१ माघ । विश्व क्यान्सर दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को आह्वानमा हरेक वर्षको फेब्रुअरी चारका दिन मनाइने विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाएको हो । अश्वस्थ जीवनशैली र खानपानलाई कारण मानिएको क्यान्सरका रोगिहरुको संख्या नेपालसहित विश्वभर बढ्दै गएको छ । क्यान्सर विश्वकै लागि चुनौति बनिरहेको छ ।

‘म सक्छु, हामी सक्छौँ’ भन्ने मूल नारासहित विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि क्यान्सर दिवस मनाईएको छ । सन् २०१२ मा भक्तपुर क्यान्सर अस्पतालमा २८ हजार ३ सय ६६ रोगीले उपचार गराएकामा यो संख्या सन् २०१७ मा ६८ हजार ४ सय ४१ पुगेको अस्पतालले जनाएको छ । यो तथ्यांकलाई आधार मान्दा क्यान्सर रोगीको संख्या डेढ सय प्रतिशतले बढेको देखिन्छ । चिकित्सकहरुका अनुसार क्यान्सरका करिब ८० प्रतिशत बिरामी तेस्रो र चौंथो चरणमा मात्र अस्पताल पुग्ने गरेका छन् । सुरुकै चरणमा अस्पताल पुगे ७० देखि ८० प्रतिशतसम्म क्यान्सर निदान गर्न सकिने क्यान्सर रोग विशेषज्ञहरुके बुझाइ छ ।

चिकित्सकहरुका अनुसार स्वस्थ्य जीवनशैली अपनाउने र सुर्तिजन्य पदार्थको प्रयोगबाट टाढा मात्र रहने हो भने ३० देखि ५० प्रतिशतसम्म क्यान्सरको जोखिम कम हुन्छ । तर, विभिन्न अध्ययनहरुले दिनप्रतिदिन क्यान्सर रोगी बढ्दै गएको देखाएको छ । यसको कारण पनि अस्वस्थकर जीवनशैली र सूर्तिजन्य पदार्थको प्रयोगमा आएको बढोत्तरीलाइ मानिन्छ ।

नेपालमा क्यान्सर रोगका कारण वर्षेनी १५ हजारको मृत्यु भइरहेको छ भने वार्षिक ४० हजार नयाँ बिरामी थपिने गरेका छन् । विश्वव्यापीरुपमा ६ मध्ये एक जनाको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । अधिकांशमा फोक्सोको क्यान्सर देखिएको छ । क्यान्सर निकै खर्चिलो भएकाले खर्च, पीडा र संघर्षका कारण क्यान्सर पीडितहरुका लागि जीवन नैं अभिसाप बन्ने गरेको छ । विशेषज्ञहरु समय–समयमा स्वास्थोपचारका लागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सरको जोखिम झन बढीरहेको बताउँछन् । सर्वसाधारणमा पनि यसले केही चेतनाबढाउको छ । तर, त्यो पर्याप्त भने हुनसकेको छैन ।

नेपालमा फोक्सोको क्यान्सर, नाक, कान, घाँटी, आमाशयको क्यान्सर मुख्य समस्या बनेका छन् । त्यस्तै महिलामा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी हुन्छ भने त्यसपछि स्तन क्यान्सर हुने गरेको छ । नेपालमा पुरुषभन्दा महिलालाई क्यान्सर रोग बढी देखापर्ने गरेको चितवनको भरतपुर क्यान्सर अस्पतालले गरेको अध्ययनले देखाएको छ । क्यान्सर रोगबाट बच्नका लागि सरकारीस्तरबाट जनचेतनामुलक कार्यक्रम गर्ने हरेक सर्वसाधारणले आफ्नोे जीवनशैली स्वस्थकर बनाउँदै खानामापमा ध्यान दिनु रसमयसमयमा चेकजाँच गराउँनु जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);