क्यान्सर के हो , कसरी बच्न सकिन्छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

क्यान्सर के हो , कसरी बच्न सकिन्छ ?

विश्वमा नै जटिल रोगको रुपमा लिइदै आएको क्यान्सर रोगका विरामी नेपालमा पनि दिनप्रतिदिन बढदै गइरहेका छन् ।

क्यान्सर सम्बन्धि जनचेतना जगाउने उद्देश्यका साथ बर्षेनी जनचेतना मुलक कार्यक्रम गर्ने गरेको भए पनि यो रोगलाई निर्मुल पार्न चुनौती देखिएको छ ।

क्यान्सर के हो

जयन्ती पुडासैनी, काठमाडौं

विश्वमा नै जटिल रोगको रुपमा लिइदै आएको क्यान्सर रोगका विरामी नेपालमा पनि दिनप्रतिदिन बढदै गइरहेका छन् ।

क्यान्सर सम्बन्धि जनचेतना जगाउने उद्देश्यका साथ बर्षेनी जनचेतना मुलक कार्यक्रम गर्ने गरेको भए पनि यो रोगलाई निर्मुल पार्न चुनौती देखिएको छ ।

विश्वमा क्यान्सर जटिल समस्याको रुपमा रहँदै आएको छ । क्यान्सर सवै उमेर समुहका व्यक्तिमा लाग्ने जटिल एवम प्राणघातक रोग हो । बिश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार विश्वमा बर्षेनी १ करोड २० लाख नयाँ क्यान्सरका विरामी भेटिने गरेका छन् । जसमध्ये करिव ७५ लाख व्यक्तिको मृत्यु हुने गरेको तथ्याङक रहेको छ ।

विश्वव्यापी रुपमा बढिरहेको क्यान्सर नेपालमा पनि जटिल रुपमा विकसित हुँदै गइरहेको छ । विश्व स्वास्थ्य संगठनले गरेको अध्ययन अनुसार नेपालमा बर्षेनी १५ हजार भन्दा बढिको क्यान्सरका कारण मृत्यु हुने गरेको छ ।

नेपालमा ५५ दशमलव ५ प्रतिशत महिला र ४४ दशमलब ४ प्रतिशत पुरुषमा क्यान्सर रोग देखा परेको छ ।

सरकारले क्यान्सर रोगीका लागि १ लाख सहयोग गर्दै आइरहेको छ तर क्यान्सर लागेपछि उपचार गराउनु नेपालीको प्रतिव्यक्ति आय भन्दा निक्कै महङगो भएकाले पनि उक्त रकम सम्पूर्ण उपचारका लागि पर्याप्त नहुने चिकित्सकले बताएका छन् ।

बढ्दो सहरीकरण, अस्वस्थकर खाना तथा वानी व्यवहार, वातावरणीय प्रदुषण, रहन सहन आदिका कारणले मानिसहरु क्यान्सरबाट आक्रान्त हुने गरेका छन् ।

क्यान्सर निवारणका लागी बर्षेनी जनचेतनामुलक कार्यक्रम गरि क्यान्सर दिवस मनाउने गरिएको भएपनि यो रोगले दिन प्रतिदिन भयावह रुप लिदै आइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);