नगरपालिकाले सडकले छोएका घरटहरा हटाउने सूचना जारी गरेसँगै स्थानीय आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नगरपालिकाले सडकले छोएका घरटहरा हटाउने सूचना जारी गरेसँगै स्थानीय आन्दोलित

टीका खतिवडा
इलाम, २१ माघ
। इलामको सूर्योदय नगरपालिकाले मेची राजमार्गका १५ मिटर भित्र बनाइएका घर टहरा भत्काउने निर्णय गरेपछि स्थानीय र नगरपालिकाबीच विवाद चुलिएको छ । नगरपालिकाले सडकले छोएका घरटहरा हटाउने सूचना जारी गरेसँगै स्थानीयहरु आन्दोलित भएका छन् ।

नगरपालिकाले मेची राजमार्गका १५ मिटर भित्र बनाइएका घर टहार हटाउन आग्रह गरेपछि पीडितहरु आन्दोलित भएका हुन् । नगरपालिकाले सिमा भन्दा बाहिर गएर सूचना जारी गरेको भन्दै पीडितहरुले संघर्ष समिति बनाएर आन्दोदन सुरु गरेका छन् ।

नगरपालिकाले छलफल नै नगरी सूचना जारी गरेको स्थानीयको आरोप छ । सरकारी सुचना ३५ दिने निकाल्नु पर्ने प्रावधान भएपनि नगरपालिकाले हचुवाको भरमा १५ दिनको निकालेलेको स्थानीयको गुनासो छ । तर नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन अनुसर नै घर टहरा हटाउन लागिएको दाबी गरेको छ । स्थानीयसँग छलफल गरेर नै घर टहरा हटाउन सूचाना जारी गरेको नगरपालिकाको भनाई छ ।

नगरपालिकाको निर्णयसँगै सो क्षेत्रका ८ सय घर परिवार विस्थापित हुने भएका छन् । तर सूर्योदय नगरपालिकामा ५७ हजार भन्दा धेरै जनसङ्ख्या छन् । जनसंख्या बढेसँगै सडक साँगुरो भएकाले नगरपालिकाले घर टहरा भत्काउने निर्णय लिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);