साँगा-बनेपा सडकखण्डमा अतिक्रमण गरी बनाएका घर टहरा भत्काउन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साँगा-बनेपा सडकखण्डमा अतिक्रमण गरी बनाएका घर टहरा भत्काउन सुरु

काठमाडाैं, १६ असोज । सरकारले अरनिको राजमार्ग स्थित काभ्रेको साँगा–बनेपा सडकखण्डमा अतिक्रमण गरी बनाएका घर टहरा भत्काउन सुरु गरेको छ ।

सडक फराकिलो बनाउने योजना सुरु गर्न डिभिजन सडक कार्यालय भक्तपुरले अरनिको राजमार्ग दायाँ–बायाँ मापदण्ड मिचेर बनाएका घरटहरा भत्काउन थालेको हो ।

अतिक्रमण गरी बनाइएका ६० वटा घर टहरा भत्काइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । सोमबार देखि अभियान सुरु भएको छ ।

डिभिजन कार्यालयले भदौ २८ गते अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन १५ दिने सूचना जारी गरेको थियो । तर, स्थानीयले त्यसको वेवास्ता गरेपछि सरकार आफैँले भत्काउन सुरु गरेको हो । स्थानीयले दशैं अगाडी घर–टहरा किन भत्काएको भन्दै ढुंगामुढा गरेपछि सोमबार प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);