विश्व क्यान्सर दिवस आज नेपालमा पनि मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्व क्यान्सर दिवस आज नेपालमा पनि मनाइँदै

cancer day

काठमाडौं, २१ माघ । विश्व क्यान्सर दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को आह्वानमा हरेक वर्षको फेब्रुअरी चारका दिन विश्व क्यान्सर दिवस मनाउने गरिएको छ । अस्वस्थ्य जीवनशैली र खानपानका कारण विश्वसहित नेपालमा पनि क्यान्सर रोगीको संख्या बढ्दै गएको छ । क्यान्सर रोगीको संख्या डेढ सय प्रतिशतले बढेको अस्पतालको तथ्यांकले देखाएको छ ।

सन् २०१२ मा भक्तपुर क्यान्सर अस्पतालमा २८ हजार ३ सय ६६ रोगीले उपचार गराएकामा यो संख्या सन् २०१७ मा ६८ हजार ४ सय ४१ पुगेको अस्पतालले जनाएको छ । चिकित्सकहरुका अनुसार क्यान्सरका करिब ८० प्रतिशत बिरामी तेस्रो र चौंथो चरणमा मात्र अस्पताल पुग्ने गरेका छन् । सुरुकै चरणमा अस्पताल पुगे ७० देखि ८० प्रतिशत सम्म क्यान्सर निदान गर्न सकिने क्यान्सर रोग विशेषज्ञ डाक्टर रोशन प्रजापतिले बताए । स्वस्थ्य जीवनशैली अपनाउन सके र सुर्तीजन्य पदार्थको प्रयोग नगरे ३० देखि ५० प्रतिशत क्यान्सरको जोखिम कम हुने चिकित्सकहरुले बताएका छन् । विश्वव्यापीरुपमा ६ मध्ये एक जनाको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । अधिकांशमा फोक्सोको क्यान्सर देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);