सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाए पनि कार्यान्वयन भएन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाए पनि कार्यान्वयन भएन

सरकारले सूर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहीत गर्न विक्रम संवत २०७१ साल देखि सार्वजनिक स्थलमा सेवन गर्न प्रतिबन्ध लगाए पनि कार्यान्वयन भने भएको छैन ।

surtijanaya padhartha

अन्जना तिमलसिना,
काठमाडौँ, २१ चैत । सरकारले सूर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहीत गर्न विक्रम संवत २०७१ साल देखि सार्वजनिक स्थलमा सेवन गर्न प्रतिबन्ध लगाए पनि कार्यान्वयन भने भएको छैन् । सम्बन्धित निकायबीच समन्वय नहुँदा कानुन कार्यान्वयनमा समस्या देखिएको हो ।

सरकारले सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवनमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन भने हुन सकेको छैन् । सरकारले विक्रम संवत २०६८ मा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन संशोधन गर्दैै सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ सेवनमा प्रतिवन्ध लगायो । २०७१ सालमा निर्देशिका जारी भएसँगै ऐन कार्यान्वयन त गरियो तर, व्यवहारमा परिवर्तन आएन ।

निर्देशिकामा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ सेवन गर्न नपाइने, प्रचार प्रचार गर्न नपाइने तथा बालबालिका र गर्भवतिलाई विक्रिवितरण गर्न नपाइने उल्लेख छ । र, उत्पादकहरुले पनि सूर्तिजन्य पदार्थको खेलमा ९० प्रतिशत भागमा खतराको चिन्न राख्नुपर्ने उल्लेख छ । तर, अहिले पनि सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ सेवन गर्ने क्रम घटेको छैन् । सरकारले लगाएको प्रतिबन्ध केवल कागजमै सिमित छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक बर्ष ६० लाख मानिसको मृत्यु सुर्तिजन्य पदार्थको कारण हुने गरेको छ । नेपालमा पनि सूर्तिजन्य पदार्थ सेवनका कारण बर्षेनी करिब २५ हजार मानिसको ज्यान जाने गरेको तत्थ्याङक छ । सूर्तिमा हुने हानिकारक निकोटिन तथा चुरोटमा हुने टार, कार्बनमोनोअक्साइड, साएनाइड जस्ता पदार्थले क्यान्सर जस्तो घातत रोग निम्त्याउने चिकिस्तकहरुको भनाइ छ । त्यसो र सूर्तिजन्य पदार्थ तथा धुमपान गर्ने व्यक्तिसँगै आसपासमा बसेकालाई पनि यसले असर पुर्याइरहेको हुन्छ । त्यसैले पनि सरकारले मानव स्वास्थ्यलाई ख्याल गर्दै सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ सेवनमा रोक लगायो ।

नियम उल्लंघन गर्नेलाई कार्बाही गर्ने व्यवस्था छ तर, व्यवहारमा पनि त्यस्तो देखिँदैन् । स्वास्थ्य मन्त्रालयले भने कानुनले मात्र सूर्तिजन्य पदार्थ सेवनलाई निरुत्साहित गर्न नसकिएको भन्दै जनचेतनामूलक कार्यक्रमा जोड दिनुपर्ने जनाएको छ । धुमपान तथा सूर्तिसेवन स्वास्थको लागी हानीकारक छ भन्ने जानकारी हुदाँहुदैँ पनि प्रयोगकर्ताको संख्यामा भने कमी आएको छैन् ।

यस्तो अवस्थामा धुमपान तथा सूर्तिसेवन पूर्ण रुपमा अन्त्य गर्नु पक्कै पनि चुनौतिको विषय हो । यसको नियन्त्रणका लागी जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);