सत्य कुरा तितो : अर्थमन्त्री डा. युवराज खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सत्य कुरा तितो : अर्थमन्त्री डा. युवराज खतिवडा

yubraj khatibada

काठमाडौं, २१ चैत । मंगलबार बसेको प्रतिनिधीसभाको बैठकमा बोल्ने सासंदहरुले आर्थिक क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । बैठकमा बोल्ने सासंदहरुले केही दिनअघि सार्वजनिक भएको श्वेतपत्रदेखि अन्य अर्थतन्त्रसँग जोडिएका विषयमा आफ्नो धारणा राखेका हुन् । आगामी बजेट, पुनर्निर्माण, मुआब्जा लगायतका विषयहरुमा सासंदले धारणा राख्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यसैबिच श्वेतपत्रबारे सासंदहरुको भनाई सुनेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले सत्य कुरा तितो लागेको जवाफ दिएका छन् । कटुसत्य कुरा कहिलेकाँही तितो लाग्न सक्ने भन्दै मन्त्री खतिवडाले श्वेतपत्रमा उल्लेख गरिएका कुरा सत्य भएको दाबी गरे ।

श्वेतपत्रमा उल्लेख गरिएका समस्या समाधानका उपाय खोज्ने दायित्व पनि सरकारलाई नै भएको खतिवडाले स्पष्ट पारे । श्वेतपत्रमा समस्या मात्रै उल्लेख गरिएको भन्दै सासदहरुले आलोचना गरेका थिए । तर खतिवडाले समस्या समाधानको बाटो संसद भएको बताए । श्वेतपत्रमा अर्थतन्त्रका सकारात्मक पक्षलाई पनि समावेश गरिएको उनले बताए । श्वेत पत्रले कुनै पनि दल विशेषलाई लक्षित गरेर आरोप नलगाइएको खतिवडाको दाबी छ ।

एउटा कालखण्डको समिक्षा गरिएको उल्लेख गर्दै उनले कतिपय नीतिगत कुराहरुका बारेमा छलफल गर्न आवश्यक रहेको बताए । स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँड्नका लागि सबै एकजुट हुनुपर्ने अर्थमन्त्री खतिवडाको भनाई छ । यसका लागि सबैलाई छलफल र बहसमा जुट्न उनले आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);