२०७५/ ७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने : अर्थमन्त्री डा. युवराज खतिवडा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

२०७५/ ७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने : अर्थमन्त्री डा. युवराज खतिवडा

yubraj khatibada

काठमाडौं, ९ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५/ ७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको सहजीकरण तथा अर्थ मन्त्रालयको राजस्व परामर्श समितिद्वारा शनिबार बीरगंजमा आयोजित राजश्व नीति तथा कार्यक्रमबारे छलफल तथा सुझाव संकलन कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले यस्तो धारणा राखेका हुन् । मुलुकको कूल राजश्वको ५४ प्रतिशतभन्दा बढी राजश्व संकलन हुने आर्थिक नगरी वीरगञ्जलाई आगामी वर्षको बजेटमा प्राथमिकता दिइने उनको भनाई थियो ।

सरकारले देशको अर्थतन्त्र वृद्धिमा योगदान पुर्याउने उद्योग–व्यवसायलाई सहयोग तथा अर्थतन्त्रमा नकारात्मक योगदान पुर्याउने उद्योग व्यावसायलाई निरुत्साहित गर्ने बताउँदै मन्त्री डा. खतिवडाले व्यवसाय करको नीति सुधार गर्दै लाने बताए ।

यातायातको सिण्डिकेटजस्तै अन्य व्यावसायिक क्षेत्रको सिण्डिकेट विस्तारै सरकारले तोड्दै लैजाने भन्दै उनले खोस्टा भएका पुराना भारतीय रुपैयाँका विषयमा नेपाल–भारत बैठकमा कुरा उठाइ समस्या समाधानका लागि पहल गरिने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);