नयाँ बजेटले सबै क्षेत्रलाई समेट्छ : अर्थमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नयाँ बजेटले सबै क्षेत्रलाई समेट्छ : अर्थमन्त्री खतिवडा

yuvraj khatiwada

काठमाडौं, १३ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ बजेटले सबै क्षेत्रलाई समेटने बताएका छन् । अर्थमन्त्री खतिवडाले सबै क्षेत्रलाई सन्तुलनमा ल्याउने गरी सरकारले नयाँ बजेट ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

बिहीबार काठमाडौंमा आयोजित पूर्व बजेटसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ‘निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम’ कटौति गर्न नसकिने पनि स्पष्ट पारेका छन् ।

बजेट राजनीतिक तथा आर्थिक दस्ताबेज भएकाले यसले संसददेखि जनतासम्मलाई नयाँ सन्देश दिनुपर्ने अर्थमन्त्री खतिवडाको भनाई छ ।

अर्थमन्त्री खतिवडाले मुलुकमा रहेका जातीय, क्षेत्रीय, बर्गीय, लैंगिक सबै क्षेत्रलाई सन्तुलनमा ल्याउने ध्येय आगामी आर्थिक वर्षको बजेटको हुने बताए ।

अर्थमन्त्री खतिवडाले कर, ऋण वा अनुदान सहायता विना नै बजेट ल्याउनुपर्ने असम्भव तर्क नगर्न पनि सबैसँग आग्रह गरे । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष डा. हरिभक्त शर्माले नयाँ बजेट उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी ल्याउनपर्ने बताए ।

उनँले उद्यमशीलताको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने गरी बजेट ल्याउन सरकारको ध्यानाकर्षण गराए । बजेटले आयातित बस्तुहरुको बढ्दो आकर्षणलाई घटाउँदै लैजानुपर्नेमा अध्यक्ष शर्माको जोड छ ।

परिसंघले बजेट उद्योगमैत्री हुुनुपर्नेमा जोड दिँदै आएको छ । संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउनेछ । अर्थमन्त्री खतिवडाले नयाँ बजेट परिकल्पनामा भन्दा पनि कार्यक्रममा केन्द्रित हुने स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);