अर्थमन्त्री शर्मा भन्छन्- खेलकुद क्षेत्रले खुसी मनाउने गरी नयाँ कार्यक्रम आउछ | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

अर्थमन्त्री शर्मा भन्छन्- खेलकुद क्षेत्रले खुसी मनाउने गरी नयाँ कार्यक्रम आउछ

काठमाडौं । आगामी आर्थिक वर्ष ०७९-८० का लागि नीति कार्यक्रम र बजेट निर्माणका लागि सुझाव लिन अर्थ मन्त्रालयले खेलकुद क्षेत्रका विभिन्न संघसंस्था, प्रशिक्षक र खेलाडीसँग छलफल गरेको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले खेलकुद क्षेत्रलाई नयाँ ढङ्गले अगाडी बढाउनका लागि सुझाव लिएको बताए । ‘सबैले राम्रो सुझाव दिनुभएको छ । यी सबै बिषय समेट्ने मन छ तर साधन, स्रोतले नभ्याउला कि भन्ने लाग्छ,’ उनले भने, ‘यद्यपि, खेलकुद क्षेत्रले खुसी मनाउने गरी केही नयाँ कार्यक्रम ल्याउने गृहकार्य भइरहेको छ ।’

उनले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताए । छिटो प्रतिफल दिने (पुरस्कार जित्ने संभावना उच्च भएका खेलहरुका लागि ) पूर्वाधार निर्माणका योजना बनाएर अगाडि बढाउनुपर्ने उनले बताए ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २८,२९ र ३० जेठमा आयोजना गर्ने निर्णय गरेको र सो प्रतियोगिता भव्य रुपमा आयोजना गर्न बजेटको कुनै समस्या हुन नदिने उनले प्रतिबद्धता जनाए ।

‘मुलुकमा एउटा खेलकुद विश्वविद्यालय छैन । यसको जरुरी परेको देख्छु,’ उनले भने, ‘यो भयो भने खेलकुदसम्बन्धी नीति निर्माण गर्न, अध्ययन गर्न, नयाँ खेलाडी जन्माउन सहयोग पुग्छ ।’ उनले व्यवसायीक भइसकेका फुटबल, क्रिकेट जस्ता खेलको पनि पूर्वाधार अभावले थप व्यवसायीकरण गर्न नसकिएको बताए ।

Leave a Reply

ताजा समाचार

test123123

६ घन्टा अघि

test123123

६ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

११ घन्टा अघि