युवकको खोजीका लागि आज सेती नदीको बाँध खोलिदैं | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

युवकको खोजीका लागि आज सेती नदीको बाँध खोलिदैं

काठमाडौं,२८ मंसिर । पोखरामा बेपत्ता एक युवकको खोजीका लागि आज सेती नदीको बाँध खोलिने भएको छ ।

तनहुँ घर भई पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र सोमवार २५ गतेदेखि सम्पर्कविहीन रहेको र सेतीमा हाम फालेको आशङ्का गरिएको छ । बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएका मिश्र त्यहीँबाट सम्पर्कविहीन भएका प्रहरीको भनाइ छ ।

बुवा हरिप्रसाद औषधि लिन गएका बेला संगम इमर्जेन्सी वार्डबाटै सम्पर्कविहीन भएका प्रहरीले जानकारी दिएको छ । खोजी गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुङ्गे पुल परिसरमा कपडा र परिचय पत्र भेटिएको छ । थप खोजीका लागि आज सेती नदीको बाँध खोल्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा महानगरपालिका–१६ दीपमा बनेको ड्याम दिउँसो १२ बजेदेखि ४ बजेसम्म खोलिने हुँदा सेती नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी आसपास रहने र काम गर्नेलाई सतर्कता अपनाउन सूचनामार्फत अनुरोध गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);