९ दिनदेखि हराएका श्रीमानको खोजीका लागि श्रीमतीको गुहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

९ दिनदेखि हराएका श्रीमानको खोजीका लागि श्रीमतीको गुहार

काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखाल नगरपालिका –६ का सुमन ढुङगाना ९ दिनदेखि सम्पर्कविहीन भएपछि खोजीका लागि आग्रह गरिएको छ । ३६ वर्षीय सुमन गत असार ३१ गतेदेखि सम्पर्कविहीन भएकाले खोजी गरी दिन श्रीमती सम्झना ढुङगानाले आग्रह गरेकी हुन् ।

उनले प्रहरी चौकी पाँचखालमा निवेदन दिँदै खोजीका लागि गुहार मागेकी हुन् । घरमा कसैलाई जानकारी नदिएर असार ३१ गते सम्पर्कविहीन भएका उनी अहिलेसम्म सम्पर्कमा नआएको निवेदनमा उल्लेख गरिएको छ ।

निवेदनमा अगाडि भनिएको छ, ‘कसैलाई केही नभनेर गएको, कहाँ गएको, किन गएको, केही पनि थाहा नभएको, आफन्तको घरमा नभएको हुँदा खोजी गरी पाउँ भनी यो निवेदन पेश गरेको छु ।’ ५ फिट उचाइ भएको, गहुँगोरो वर्ण र तातलो जीउडालको व्यक्त भेटिएमा खबर गरिदिन पनि आग्रह गरिएको छ ।

Leave a Reply