धौलीगंगाको बाँध खोलिँदै, शतर्क रहन दार्चुला प्रशासनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

धौलीगंगाको बाँध खोलिँदै, शतर्क रहन दार्चुला प्रशासनको आग्रह

धनगढी। भारतले पिथौरागढस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुनः खोल्ने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले बाँध खोलिने जनाकारी दिएको हो ।

धौलिगंगाको बाँध खोलिने जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी तटिय क्षेत्रका नागरिकलाई शतर्क रहन आग्रहसमेत गरेको छ ।‘धौलीगंगा जलविद्युत परियोजनाको बाँध शुक्रबार विहान ५ बजे देखि खोलिने जानकारी आएको छ,’ जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको भएको छ,’ बाध खोलिंदा महाँकालीमा पानीको बहाव बढ्ने र त्यसले तटिय क्षेत्रमा जोखिम समेत बढाउन सक्ने भएकाले जोखिममा रहेका नागरिकलाई सचेत रहन आग्रह गरिन्छ ।’जिल्ला प्रशासन कार्यालय दार्चुलका अनुसार एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढले असार ३१ गते विहान ५ बजेदेखि ३१ गते बेलुकी ८बजेसम्म शिल्ट फ्लशिङ्ग र सरसफाइका लागि बाँध खोल्ने जानकारी गराएको छ ।

जिल्ला प्रशासन कार्यालयले सम्बभावित जोखिममा रहेका जिललाको व्याँस गाउँपालिका–५ धौलाकोट देखि लेकम गाउँपालिकाको लालीसम्मका नदी तटीय क्षेत्रका बासीन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);