महाकाली नदीको बहाव उच्च, तटिय क्षेत्रका वासिन्दालाई सचेत रहन प्रहरीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

महाकाली नदीको बहाव उच्च, तटिय क्षेत्रका वासिन्दालाई सचेत रहन प्रहरीको आग्रह

वाशु देव बडू,
दार्चुला । केहि दिन यता लगातार अभिरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढन थालेको छ। साँझ ४ः३० बजे दार्चुला को दत्तु मा राखिएको जल मापन केन्द्रले महाकाली नदीमा पानीको सतह +५ मिटर रहेको र खलंगाको पुल घाँटमा राखिएको जल मापन केन्द्र ले +४.२ मिटर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दत्तुमा राखिएको जल मापन केन्द्रंमा पानीको सतह +५ मिटर भन्दा कम लाई सामान्य मानिने तथा खलंगाको पुल घाँटमा राखिएको जल मापन केन्द्रमा पानीको सतह +४ मिटर भन्दा कम लाई सामान्य मानिने प्रहरीले जानकारी दिएको हो ।

भारतको धौलिगंंगा जलविद्युत परियोजनाको ड्याम बाट पानी छोडे नछोडेको अवस्था बारे भारतीय पक्ष बाट हालसम्म कुनै पत्राचार नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ। महाकाली नदीमा पानीको सतह निरन्तर बढी रहेकाले महाकाली नदीको तटिय क्षेत्रका वासिन्दा हरुलाई सचेत र सुरक्षित रहन जिल्ला प्रशासन दार्चुलाले आग्रह गर्नुका साथै दार्चुला सदरमुकाम खलंगामा प्रहरीले सुरक्षित रहन माईकिङ समेत गरेको छ ।

महाकाली नदीमा आएको बाढीले महाकाली नदीमा निर्माणधिन महाकाली नगरपालीका ४ बांगाबगर क्षेत्रमा तटबन्ध समेत डुबाएको छ। हालसम्म दार्चुलामा कुनै प्रकारको जनधनको क्षति नभएको तर ग्रामिण सडकहरु अवरुद्ध रहेको प्रहरीको भनाई रहेको छ ।

Leave a Reply