महाकाली नदीमा बढेको जल स्तर विस्तारै घट्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

महाकाली नदीमा बढेको जल स्तर विस्तारै घट्दै

दार्चुला विगत ६ दिनदेखि लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा बढेको जल स्तर विस्तारै घट्न थालेको छ ।

तर विना सुचना भारतको धौलीगंगा परियोजनाले महाकाली नदीमा पानी छोड्दा महाकाली नदीको तटिय क्षेत्रका वासिन्दाहरु जोखीममा परेका छन् ।

आईतबार राति अचानक भारतको धौलीगंगा जल विद्युत परियोजनाले दार्चुला प्रशासन लाई पुर्व सुचना विना ड्याम्का ३ वटा ढोका मध्ये २ वटा ढोका खोल्दा महाकाली नदीमा जल स्तर अचानक बढ्न गई दार्चुलाको महाकाली तटबन्धको केही भाग महाकाली नदीको डुबानमा परेको थियो ।

महाकाली नदीको तटबन्ध बचाउन महाकाली नदी नियन्त्रण आयोजना दार्चुलाले अहोरात्र खटिई सिमेन्टका खाली बोरामा बालुवा भरी महाकाली तटबन्ध बचाउने प्रयास गरेको थियो ।

दार्चुलाको भारत पट्टी खोतिला भीरको पहिरो महाकाली नदी कटानका कारण निरन्तर खसी रहेकाले महाकाली नगरपालीका ४ को बाँगाबगड क्षेत्र बाढीको जोखीममा रहेको छ ।

भारतको धौलीगँगा जलविद्युत परियोजना र खोतिला भिरको पहिरो दार्चुलाका महाकाली तटिय क्षेत्रका बासिन्दाका लागी अभिश्राप बन्दै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);