प्रहरीद्धारा ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ, मुद्धा चलाउने प्रहरीको तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

प्रहरीद्धारा ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ, मुद्धा चलाउने प्रहरीको तयारी

काठमाडौँ । प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरेको छ ।युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा तीनै जनालाई महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आफूलाई समाजिक अभियन्ता बताउँदै आएकी ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् । महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतले तीनजनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी गरिएको जानकारी दिए । सामाजिक अभियन्ताका नाममा उनिहरुले कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वाला समूहले आक्रमण गरेको भन्दै खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी दर्ता गराएकी थिइन् । प्रहरीले आइतबार खुस्बु र ज्वाला समुहलाई छलफलका लागि बोलाएको र सोहीक्रममा उनिहरुलाई प्रहरीले हिरासतमा लिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);