क्याफेबाटै लागुऔषधको कारोबार : कारबाहीविनै छुटे सञ्चालक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, १७ असोज । क्याफेबाटै लागुऔषधको कारोबार गर्ने युवक कारबाहीविनै छुटेका छन्। ललितपुरको चाकुपाटस्थित मेगा मग क्याफेका सञ्चालक अभिजित शाक्यसहित तीनजनालाई प्रहरीले दबाबको भरमा कारबाही नगरी छाडेको हो।

महानगरीय प्रहरी प्रभाग पुलचोकले १० असोज शाक्यसहित उनको क्याफेका कामदार योदिन कार्की र लागुऔषध दुव्र्यसनी विराज भण्डारीलाई पक्राउ गरेको थियो। प्रभागले मुद्दा चलाउन महानगरीय प्रहरी परिसर ललितपुरमा पठाएकोमा तीनैजना ११ गते नै छुटेका हुन्।

सर्च एन्ड सिल अप्रेसनका भण्डारीलाई प्रहरीले पिम्बालपोखरीबाट ४५ ग्राम पोल्यान्ड नामक चरेसजस्तै लागुऔषधसहित पक्राउ गरेको थियो । सोधपुछका क्रममा मेगा मग क्याफेमा किनेको बताएपछि प्रहरीले क्याफेका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको हो।

शाक्यका साथबाट थप करिब २ सय ग्राम लागुऔषध भेटिएको थियो। पलङभित्र पोका पोका बनाएर बिक्री गर्न राखिएको अवस्थामा थप लागुऔषध भेटिएको थियो। यसरी क्याफेबाटै लागुऔषधको धन्दा चलाउने व्यक्तिलाई विनाकारबाही छाडिएकामा परिसरकै प्रहरी अधिकारीहरू अचम्ममा परेका छन्। शाक्य विगतमा पनि गाँजासहित पक्राउ परेका व्यक्ति हुन्। उनी प्रहरीको तारेखमै थिए।

तारेख सकिएको तेस्रो दिन फेरि उनी पक्राउ परेका हुन् । ललितपुर परिसरका प्रवक्ता डिएसपी नरेन्द्र चन्द भने घटनाबारे आफूलाई जानकारी नभएको बताउँछन्। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);