देशकै ठूलो उदयपुर सिमेन्ट उद्योग : विद्युत् आपूर्ति नियमित नहुँदा अढाइ करोड घाटा | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

काठमाडौँ, १७ असोज । विद्युत् प्राधिकरणको चरम लापरबाहीका कारण देशकै ठूलो उदयपुर सिमेन्ट उद्योगको नाफा एक साताको अढाई करोडका दरले कमी आएको छ। उत्पादन र बिक्रीका हिसाबले उद्योग नाफामा गए पनि विद्युत् प्राधिकरणले नियमित बिजुली आपूर्ति नगर्दा एक सातामै दुई करोड ५० लाख रुपैयाँ आम्दानी घटेको हो।

गत आर्थिक वर्षमा २५ करोड रुपैयाँ आम्दानी गरेको उद्योगले यस वर्ष विद्युत् समस्याका कारण सोचेअनुरूप नाफा आर्जन गर्न सक्ने अवस्था नरहेको नायव महाप्रबन्धक तथा प्लान्ट महाशाखा प्रमुख नवलकिशोर साहले बताए।

विद्युत् आपूर्तिका कारण मुनाफामा कमी आए पनि उद्योगको बैंक मौज्दाद अहिले पनि पाँच करोड रुपैयाँभन्दा बढी रहेको साहले बताए। प्राधिकरणले उद्योगलाई २४ घण्टा विद्युत् आपूर्ति उपलब्ध गराउने आश्वासन दिए पनि दैनिक सरदर १५ घण्टाभन्दा बढी उपलब्ध गराउन नसक्दा मुनाफामा कमी आएको साहले बताए।

‘जब उद्योगले गति लिन्छ, त्यहीबेला दैनिक १० देखि १२ पटक लाइन कट्छ। यो दैनिक सरदर पाँच घण्टा हुन आउँछ’, उनले भने, ‘एक घण्टा लाइन जाँदा उद्योगलाई ६ लाख रुपैयाँ घाटा हुन्छ। यस्तो घाटा दैनिक २५ देखि ३० लाख रुपैयाँ छ।’ आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

७ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

७ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि