प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धमाधम उम्मेदवार छान्दै दल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, १७ असोज । एमालेले धमाधम उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । अधिकांश जिल्लाबाट सोमबारै उम्मेदवार छनोट सिफारिस सुरु भएको छ।

स्थायी समितिले निर्धारण गरेको विधि, प्रक्रिया र मापदण्डअनुसार सोमबारबाट प्रदेश सभा निर्वाचन समन्वय कमिटी र प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटीले सुझाबसहित सिफारिस सुरु गरेको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए।

‘सोमबार र मंगलबार प्रत्यक्ष र समानुपातिकातर्फका उम्मेदवारको नाम सुझाबसहित सिफारिस हुन्छ, श्रेष्ठले भने, ‘त्यसपछि जिल्ला कमिटी र प्रदेश हुँदै स्थायी समितिमा सबै उम्मेदवारको नाम आउनेछ।’

१० असोजमा सम्पन्न स्थायी समिति बैठकले १६ असोजबाट छनोट प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो। बैठकले १९ र २० असोजमा जिल्लाले, २२ र २३ असोजमा प्रदेशले उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाउनुपर्ने कार्यतालिका निर्धारण गरेको थियो।

प्रदेश र केन्द्र दुवैमा प्रत्यक्षतर्फ एक महिलासहित तीनजना तथा समानुपातिकतर्फ एक महिलासहित हरेक प्रदेश निर्वाचन क्षेत्रबाट तीनजनाको नाम सिफारिस गर्न स्थायी समितिले निर्देशन दिएको छ। समानुपातिकबाट सांसद बनिसकेका भने दोहोरिएर पुरानै कोटामा सिफारिस हुन नसक्ने एमालेको निर्णय छ। आजको नयाँ पत्रिकामा दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);