कामदारसँग अवैधरुपमा अर्बौं रुपैयाँ असुल्ने व्यावसायीविरुद्ध ठगीको मुद्दा चलाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

कामदारसँग अवैधरुपमा अर्बौं रुपैयाँ असुल्ने व्यावसायीविरुद्ध ठगीको मुद्दा चलाउने तयारी

mudda

काठमाडौं, ८ जेठ । मलेसिया जाने कामदारसँग अवैधरुपमा अर्बौं रुपैयाँ उठाएका व्यावसायीविरुद्ध ठगीको मुद्दा दायर गरिने भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ परेका वान स्टेप सेन्टर (ओएससी) र भिएलएन नेपालका सञ्चालक राम श्रेष्ठ तथा सिण्डिकेटधारी स्वास्थ्य संस्थाका सञ्चालकविरुद्ध ठगीको मुद्दा दायर गर्ने भएको हो । प्रहरीले पक्राउ परेका चार दर्जन व्यावसायीलाई अदालतमा उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप गराएको छ ।

काठमाडौं जिल्ला अदालतले पक्राउ परेकाहरुलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले अदालतमा उपस्थित गराउने तथा अदालतबाट फर्काउने क्रममा पक्राउ परेका व्यावसायीहरुले अनुहार लुकाउने प्रयास गरेका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणमा ३९ वटा स्वास्थ्य संस्थाको सिण्डिकेट तथा वान स्टेप सेन्टर (ओएससी) र भिएलएन नेपाल खारेज गरेपछि प्रहरीले गृह मन्त्रालयको निर्देशनमा अवैध असुलीमा संलग्न संस्थाका सञ्चालकलाई पक्राउ गरेको हो ।

ती संस्थाका सञ्चालकले मलेसिया जाने नेपाली कामदारसँग बार्षिक तीन अर्ब रुपैयाँ भन्दा बढी अवैधरुपमा उठाउँदै आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);