मनोज पाण्डेविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मनोज पाण्डेविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौं। केही वर्षअघिको बलात्कार घटनाका आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोप पाण्डेविरुद्ध मुद्दा दायर भएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरूद्ध अदातलमा मुद्दा दायर गरेको हो।

सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलका अनुसार उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दा दार्ता भएको छ।
मुद्दामा मानव बेचबिखन तथा ओसारपसार कसुरमा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्मको सजाय माग दाबी गरिएको उनले बताए ।
आठ वर्षअघि एक सुन्दरी प्रतियोगितामा भाग लिएकी १६ वर्षे किशोरीलाई बलात्कार गरेको  घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन्। त्यसपछि उनलाई प्रहरीले उनलाई पक्राउ गरेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);