जबरजस्ती करणी मुद्दामा पूर्वसमामुख महराले पाए उच्च अदालतबाट सफाई | ईमाउण्टेन समाचार

Our Network

साउन १७ २०८३, सोमबार

जबरजस्ती करणी मुद्दामा पूर्वसमामुख महराले पाए उच्च अदालतबाट सफाई

mahara

काठमाडौं । जबरजस्ती करणी मुद्दामा थुनामा परेका पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दिएको छ ।

उच्च अदालत पाटनमा न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले महरालाई सफाई दिएको हो । उच्च अदालत पाटनले महराविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।

उच्च अदालतमा पाटनमा महराविरुद्ध २०७७ पुस १७ मा रिट दर्ता गरेको थियो । दायर गरेको थियो । जिल्ला अदालत काठमाडौको फैसलामा असन्तिुष्टि जनाउँदै सरकारी वकिलको कार्यलयले २०७७ पुस १७ मा उच्च अदालत पाटनमा महराविरुद्ध रिट दर्ता गरेका थिए ।

सभामुख पदमा रहेका बेला नै महरामाथि संसद सचिवालयका कर्मचारीमाथि जबरजस्ती करणी उद्योगमा मुद्धा लगाइएको थियो ।सचिवालयका कर्मचारी रोशनी शाहीले महराले आफूमाथि २०७६ साल असोज १२ गते जबरजस्ती करण प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

महरा असोज १९ गते सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।

प्रहरीले २० दिनसम्म गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले महराविरुद्ध बलात्कार प्रयास गरेको मुद्दा जिला अदालतमा दर्ता गरेको थियो ।

यस्तो आरोपपछि २०७६असोज १४ गते महराले सभामुखबाट राजीनामा दिएका थिए ।

Leave a Reply