जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले २४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा इचङ्गुनारायण नगरपालिका–२ ठूलो भ¥याङ बस्ने संखुवासभा मकालु गाउँपालिका–१ स्थायी ठेगाना भएका ४० वर्षीय मिङ्तेम्वा शेर्पा रहेका छन् । 

जिल्ला अदालत संखुवासभाले १० चैत २०६१ मा उनलाई ५ वर्ष कैद र प्रतिवादीको अंश भागबाट आधा पीडित महिलाले पाउने फैसला सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए ।उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं ठूलोभ¥याङमा फेला पारी पक्राउ गरेको हो ।     

उनलाई १८ पुस २०५४  राति मकालु गाउँपालिकास्थित चत्वेक भन्ने स्थानमा पीडित महिला एक्लै आउँदै गरेको फेला पारी मारिदिने धम्की दिई जबरजस्ती करणी गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);