जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ   | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ  

बाँके। जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–३ बस्ने ३५ वर्षीय मोहमद बसर खाँ भन्ने मैनुदिन खाँ रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेले २०६८ जेठ १ गते उनलाई जबरजस्ती करणी मुद्दामा ४ वर्ष कैद सजाय ठहर गरेको थियो ।  त्यसपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);