करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं। जबर्जस्ती करणी र डाँका मुद्दामा फरार भएका धनपति ढुंगानालाई जिल्ला प्रहरी कार्यालय झापाले सोमबार पक्राउ गरेको छ । नेपाल प्रहरीद्वारा सार्वजनिक सूचनाअनुसार उनी १५ वर्षपछि पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि कारागार कार्यालय भद्रपुर चन्द्रगढी पठाइएको छ ।

७७ वर्षीय ढुंगाना झापा कन्काई नगरपालिका–४ का हुन् । जिल्ला अदालत झापाले १३ पुस २०६७ मा धनपतिलाई जबर्जस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । त्यसलगत्तै उनी फरार थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);