पर्याप्त रकम नभएको चेक दिने बस्नेत पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पर्याप्त रकम नभएको चेक दिने बस्नेत पक्राउ

cheque

काठमाडौं,३ फागुन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरारा प्रतिवादी दोलखा भीमेश्वर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–४ बस्ने ३५ वर्षीय सुमन बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७९ माघ ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ महिना कैद र ३ करोड ७५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो । उनले हिमालय बैंक लिमिटेडमा रहेको आफ्नै बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);