काठको गरालोले टाउकोमा हानेर श्रीमतीको हत्या | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

काठको गरालोले टाउकोमा हानेर श्रीमतीको हत्या

murder

दैलेख,३ फागुन । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । श्रीमती २७ वर्षीया पार्बती बिसीको हत्या गरेको अभियोगमा गुराँस गाउँपालिका–८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

सामान्य वादविवाद हुँदा कृष्णले ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा पार्बतीको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्‍त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);