पाल्पामा श्रीमतीको हत्या गर्ने पुरूष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

पाल्पामा श्रीमतीको हत्या गर्ने पुरूष पक्राउ

pakrau

सुमन गाहा

पाल्पा, ६ माघ । पाल्पा जिल्लाको रामपुर नगरपालिकाबाट श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पुरूष पक्राउ परेका छन् । ५७ वर्षीया श्रीमती रमा कुमारी दराईको हत्या गरेको आरोपमा रामपुर-५ बेझाडका बुद्दी दराईलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले दराइलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । बुद्धिले शनिबार साँझ कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएकी थिइन् । घाइते श्रीमतीको पाल्पा स्थित अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो ।

प्रहरीले हत्याको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);