खाना पकाउने कुकर प्रहार गरेर श्रीमतीको हत्या | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

खाना पकाउने कुकर प्रहार गरेर श्रीमतीको हत्या

hatya-murder

उदयपुर,१ कात्तिक । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ एक पुरुष परेका छन् । आफ्नै श्रीमती ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पिटरले घरायसी बिवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);