८० वर्षको उमेरमा नागरिकता पाउँदा खुसी | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

८० वर्षको उमेरमा नागरिकता पाउँदा खुसी

बिष्णु खनाल
अर्घाखाँची, माघ ६ ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाकी एक वृद्ध महिलाले ८० बर्षको उमेरमा नेपाली नागरिकताका प्राप्त गर्नुभएको छ । मालारानी गाउँपालिका वडा नम्वर ३ खनार निवासी पोमकला खनालले ८० वर्षको उमेरमा नागरिकता हात पार्नुभएको हो ।

विगत ४० वर्षदेखि छोरीको घर सन्धिखर्क नगरपालिका २ कुरमा बस्दै आउनुभएको थियो । मानसिक सन्तुलन गुमाएकी वृद्ध महिलालाई मालारानी ३ का वडा अध्यक्ष शोभाखर खनालको पहलमा उहाँ बसेको छोरीकै घर कुरमा पुगेर प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा गएको जिल्ला प्रशासनको टोलीले नागरिकता प्रदान गरेको हो ।

८० वर्षको उमेरमा घरमै पुगेर नागरिकता दिएपछि उहाँका आफन्तहरु खुशी भएका छन् । नागरिकता नभएपछि वृद्ध महिलाले वृद्धभत्ता समेत प्राप्त गर्नुभएको थिएन ।

नागरिकता प्रदान कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, प्रहरी नायव उपरिक्षक माधब बुढाथोकी, शसस्त्र प्रहरीका डिएसपि रामकृष्ण महर्जन, मालारानी ३ का वडा अध्यक्ष शोभाखर खनाल लगायतको टोली घरमै पुगेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);