८३ वर्षीय बृद्धालाई जीवनको उत्तरार्धमा नागरिकता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

८३ वर्षीय बृद्धालाई जीवनको उत्तरार्धमा नागरिकता

bridalai nagrikta

बटुकनाथ झा
जनकपुरधाम, १७ मंसिर । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–५ की ८३ वर्षीय बृद्धा इनरदेवी दास कथबनियाँले जीवनको उत्तरार्धमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् । आइतवार जिल्ला प्रशासन कार्यालय धनुषाको टोलीले उनको घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–५ की ८३ वर्षीय बृद्धा इनरदेवी दास कथबनियाँले शनिवार नागरिकता पाएकी छिन् । जिल्ला प्रशासन कार्यालय धनुषाको टोलीले उनिको घर रहेको जनकपुरधामबाट करीब ८ किलोमिटर उत्तरतर्फको यो गाउँमा पुगेर नागरिकता प्रदान गरेको हो । जीवनको उत्तरार्धमा नागरिकता पाएपछि दास निकै हर्षित देखिईन् ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलको निर्देशनमा नागरिकता दिन घरमै पुगेको प्रशासकीय अधिकृत कन्हैया मिश्रले नेपाल नागरिकलाई नागरिकता दिने दायित्व रहेको र त्यसै अनुरुप जिल्ला प्रशासन कार्यलयबाट यस्ता नागरिकता विहिन वृद्ध वृद्धाहरुलाई घरमै गएर नागरिकता उपलब्ध गराएको बताए ।

विक्रम सम्वत् २०२८ सालमा नै उनका पति झौलीदास कथबनियाको निधन भएको थियो । ४ जना छोरा लक्ष्मेश्वर दास, परमेश्वर दास, नागेश्वर दास र जुगेश्वर दासले आमालाई नागरिकता दिलाउन कुनै पहल गरेनन् ।

वडा अध्यक्षको पहलमा प्रशासन कार्यालयबाट कर्मचारी आएर आफ्नो आमालाई नागरिकता दिँदा धेरै खुशी रहेको छोरा परमेश्वर दासको भनाई थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);