धार्मिक युद्ध निम्त्याएर नेकपा सिध्याउने खेल हुँदैछ : मणि थापा (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

धार्मिक युद्ध निम्त्याएर नेकपा सिध्याउने खेल हुँदैछ : मणि थापा (भिडियो सहित)

kharo prasna with mani thapa

काठमाडौं, १७ मंसिर । सरकार अहिले एउटा कारणले विवादमा परेको छ । इशाइ धर्म प्रचार गर्ने विवादित संस्था एसिया प्यासिफिकले नेपालमा तिन दिनसम्म गरेको सम्मेलनपछि नयाँ बहश प्रारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तिन दिनसम्म वालुवाटार छाडेर सोल्टी होटलमा नै बास बसे भनेर चर्चा चलिरहेको छ । यस्तो चर्चा चलिरहँदा र एउटा कार्यक्रममा सिङ्गै सरकार किन संलग्न भयो भनेर प्रस्न गरिरहँदा, सरकारको नेतृत्व गरिरहेको नेकपाले के जवाफ दिने ? यो एउटा कार्यक्रमसंग मात्र जोडिएको विषय छैन । यसमार्फत मुलुक इसाईकारण हुदैछ भनेर विभिन्न कोणबाट चर्चा-परिचर्चा र टिका टिप्पणी भईरहेका छन् । यो टिप्पणीसंगै नेपालको राजनीतिक माहोल मात्र हैन धार्मिक वातावरण पनि बिभाजन तर्फ जान्छ र अन्तत यसले सरकारलाई असर पार्छ भनेर विश्लेषकहरु विस्लेषण गरिरहेका छन् । यो कुरालाई सरकार र नेकपाले कुन रुपमा लिएको छ ? सरकारको समृद्धिको सपना कहाँ पुग्यो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका नेता मणि थापासँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);