छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ को मृत्यु

accident

कैलाली, १७ मंसिर । कैलालीको टीकापुर नगरपालिकामा आइतवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आइतवार राति टीकापुर नगरपालिका–७, खैरीपुरमा मोटरसाइकल र डन्लप ठोक्किँदा दइजनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार खैरीपुरमा भएको दुर्घटनामा टीकापुर नगरपालिका–७ बैदीका ३७ वर्षीय जिवानन्द कोइराला र २८ वर्षीय विष्णु रिमालको मृत्यु भएको छ । दुर्घटनामा १८ वर्षीय पवन पाण्डे घाइते छन् । उनको कोहलपुरमा उपचार भइरहेको छ ।

यता, टीकापुर नगरपालिका–२ बन्दीपुरमा रोकेर राखेको ट्याक्टर ट्रलीमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा टीकापुर नगरपालिका–४, का २४ वर्षीय आशिष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको हो । दुर्घटनामा २३ वर्षीय महेन्द्र चौधरी घाइते छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);