२७ औं विश्व अपांगता दिवस विभिन्न कार्यक्रम गरी मनाईयो | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८३, बिहीबार

२७ औं विश्व अपांगता दिवस विभिन्न कार्यक्रम गरी मनाईयो

apanga diwas

काठमाडौं, १७ मंसिर । २७ औं विश्व अपांगता दिवस नेपालका पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष डिसेम्बर ३ तारिक अर्थात् आजको दिन मनाईने यो दिवस नेपालले पनि हरेक वर्ष मनाउँदै आएको छ ।

यसै अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नयाँ संविधानले अपांगता भएका व्यक्तिहरुको हक, अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सरकार प्रतिवद्ध रहेको बताईन् ।

राष्ट्रिय जनगणना अनुसार नेपालमा हाल ५ लाख अपांगता भएका व्यक्तिहरु छन । उनीहरुको उत्थानका निम्ति नयाँ संविधानले उनीहरुलाई राज्यको सबै निकायमा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ ।

ताजा समाचार